FAQs Complain Problems

समाचार

साधारण निर्माणमुखी खानी तथा खनिज पदार्थको अनुमति सम्बन्धीसार्वजनिक सूचना

चाँगुनारायण नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

खरिपाटी, भक्तपुर

३ नं प्रदेश, नेपाल

साधारण निर्माणमुखी खानी तथा खनिज पदार्थको अनुमति सम्बन्धीसार्वजनिक सूचना

सूचना प्रकाशित मितिः २०७५।०६।२९

 

यस नगरकार्यपालिकाको मिति २०७५।०६।२६ को निर्णयानुसार यस नगरपालिका क्षेत्र भित्र सम्वन्धित निकायबाट अनुमति प्राप्त गरी साबिकमा सञ्चालनमा रहेका साधारण निर्माणमुखि खनिज पदार्थ उत्खनन क्षेत्रहरु मध्ये हाल प्राकृतिक श्रोत खनिज पदार्थ उत्खनन गर्न उपयुक्त र श्रोत भण्डारण बाँकी रहेको क्षेत्रमा सम्वन्धित खानी सन्चालन गर्न इच्छुक साथै नयाँ क्षेत्रमा खनिज पदार्थ उत्खनन गर्न उपयुक्त क्षेत्रमा साधारण निर्माणमुखि खनिज पदार्थ (बालुवा, माटो र पाँगो) उत्खनन तथा निकासीको अनुमतिको लागि प्रारम्भिक वातावरणीय प्रभाब मूल्याङ्कन प्रतिवेदन, प्राविधिक प्रतिबेदन(Mine Skim) र उत्खनन क्षेत्रका जग्गाधनीहरुको मञ्जुरी सहित चाँगुनारायण नगरपालिकाको खानी तथा नदीजन्य पदार्थको संकलन, उत्खनन, ओसार पसार र बिक्री बितरण सम्वन्धी कार्यविधी, २०७५ को अधिनमा रही सम्वन्धित खानी सञ्चालन गर्न इच्छुक ब्यक्ति तथा फर्मले यो सूचना प्रकाशन भएको मितिले ३५ (पैँतिस) दिनभित्र (उक्त दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट) यस नगरकार्यपालिकाको कार्यालयमा माग निवेदन गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।