समाचार
चाँगुनारायण नगरपालिका र नेपाल बैँक लि बिच सम्झौता सम्पन्न
चाँगुनारायणले नगरपालिकाले यस आर्थिक वर्षको महत्त्वपूर्ण कार्यक्रम "बचत खाता छाेरीकाे, सुरक्षा जिवनभरिकाे" र "मेयर उधमशिलता कार्यक्रम" संचालनकाे लागि नेपाल बैँक लिमिटेड सँग सम्झाैता गरेकाे छ । आज चाँगुनारायण नगरपालिकाकाे नगरप्रमुख साेम प्रसाद मिश्र, उपप्रमुख विना बास्ताेला, प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी, चाँगुनारायण नगरपालिका वडा नं ३ काे वडा अध्यक्ष श्री श्याम सुन्दर धिमाल एवं नेपाल बैँक लिमिटेडका सि.ई.ओ श्री कृष्ण बहादुर अधिकारी जयूहरूकाे उपस्थितिमा नेपाल बैँक लिमिटेड प्रधान कार्यालयमा हस्ताक्षर समाराेह सम्पन्न भएकाे जानकारि नगरपालिकाकाे सुचना अधिकारी श्री सिद्धान्त न्याैपानेले दिनुभएकाे छ । सम्झाैताकाे अनुसार आगामि दिनबाट बचत खाता छाेरीकाे सुरक्षा जीवन भरिकाे कार्यक्रम संचालन हुनेछ कार्यतालिका रहेकाे छ । यस कार्यक्रम संचालनकाे लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित समेत गरिसकेकाे छ ।
"बचत खाता छाेरीकाे, सुरक्षा जिवनभरिकाे" अन्तरगत चाँगुनारायण नगरपालिकाकाे स्थानिय छात्रा जाे सामुदायिक विधालयमा अध्ययनरत छन् उनीहरूकाे एक बैँक खाता खाेलिने छ । यस खातामा नगरपालिकाले प्रत्येक वर्ष रू.४०००/- जम्मा गरिदिने छ । यसरी खातामा जम्मा भएकाे रकम छात्राहरूले सामुदायिक विधालयबाटै मा.वि तह पास गरे पश्चात् झिक्न पाउने छन्। तर यस बाहेक पनि अरू मापदण्ड यस कार्यक्रमकाे शर्तहरू उल्लेख गरिएकाे छ। यस कार्यक्रमले नगरक्षेत्रमा बालबिबाह, स्कुल ड्रपआउट संख्या घटाउनु साथै सामुदायिक बिधालय प्रतिकाे आकषर्ण बढाउने विश्वास राखिएकाे छ ।
"मेयर उधमशिलता कार्यक्रम" अन्तरगत चाँगुनारायण नगरपालिकाले उधमशिलता प्रवर्द्धन गर्ने लक्ष्य लिएकाे छ। यस कार्यक्रम मार्फसम्झौता अनुसार अब चागुनारायण नगरपालिकाले संचालन गर्न लागेको मेयर उध्यम्शिलता बिकास कार्यक्रम अन्तर्गत नगरपालिका भित्र उध्यम गर्न चहाने बेरोजगार युवा र बिदेश बाट विभिन्न कारणले स्वदेश फिर्ता भएका युवा हरुलाइ रु ३ लाख सम्म ऋण नेपाल बैंकले उपलब्ध गराउने छ भने उक्त ऋण रकमको ब्याज नगरपालिकाको कार्यालयले बेहोर्ने छ। स्वदेशमै केही गरौ भन्ने युवाहरूलाई प्रोत्साहन स्वरुप र नगरपालिका भित्र बिध्यमान बेरोजगारीलाई स्वरोजगारीमा बदल्न मेयर उधमशिलता बिकास कार्यक्रम दीर्घकालीन रुपमै फलदायी हुने नगर प्रमुख सोम प्रसाद मिश्र ले बताउनु भयो ।