FAQs Complain Problems

आधारभूत विद्यालय सञ्चालन अनुमति

लाग्ने समय: 
सम्पूर्ण कागजात प्राप्त भएको ३५ दिनभित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
प्रति कक्षा रु २०,०००
आवश्यक कागजातहरु: 

१. शैक्षिकसत्र सुरु हुनु ४ महिना अगाडि सम्बन्धित विद्यालयको निवेदन
२. संस्था दर्ता प्रमाण र कर चुक्ता प्रमाण
३. सञ्चालक समितिको विवरण र नागरिकताको प्रमाणपत्र प्रतिलिपि, निर्माण सम्पन्न प्रमाणपत्र, हालसम्मको करचुक्ताको प्रमाणपत्र
४. आफ्नो भवन भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि,
५. भाडामा भए सम्फौतापत्र, जग्गा धनी प्रमाणपत्र र धनीको ना.प्र. प्रतिलिपि
६. शिक्षा ऐन नियामावलीले तोकेका अन्य कागजात
७. सम्बन्धित वडा कार्यलयको सिफारिस
८. सम्बन्धित शाखाबाट भएको स्थलगत अनुगमन प्रतिवेदन