FAQs Complain Problems

समाचार

वडा नं ६

चाँगुनारायण नगरपालिका – वडा नं. ६
वडा परिचय परात्विक एवं पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं. ६ साविक नगरकोट गाउँ विकास समिति मिलेर बनेको वडा हो। तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा दलित, ब्राह्मण, क्षेत्री तथा अन्य समुदायको समेत उल्लेख्य बसोबास रहेको छ। नगरकोटलाई विश्वकै प्रख्यात पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ जहाँ दैनिक हजारौं पर्यटकहरूको आगमन हुने गर्दछ। यस वडाको कुल क्षेत्रफल ९.६१ वर्ग कि.मि. रहेको छ। कृषि तथा पशुपालनका साथै होटल तथा पर्यटन व्यवसायमा समेत वडा अग्रणी रहेको छ। यहाँ साना तथा ठूला होटलहरूको प्रशस्त उपस्थिति रहेको छ। २०७८ सालको नगरस्तरीय तथ्यांक अनुसार यस वडामा १८३३ घरधुरीमा ४९२६ जनसंख्या रहेको छ।
मुख्य विशेषता • विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोट
• होटल तथा पर्यटन व्यवसायको प्रमुख केन्द्र
• कृषि तथा पशुपालनमा आधारित स्थानीय अर्थतन्त्र
• बहुजातीय तथा सांस्कृतिक विविधता रहेको वडा
जनप्रतिनिधि तथा कर्मचारी विवरण
सि.न. नाम, थर पद वडा नं. सम्पर्क नं.
धन बहादुर लामा वडा अध्यक्ष ९८४१४११७८९
आरती लामा महिला सदस्य ९८६०७२३०९०
सोनु बि.क दलित महिला सदस्य ९८१३९६९५१५
विरमान तामाङ सदस्य ९८४३९०६२१५
हरिप्रसाद लामिछाने सदस्य ९८५१०४५४२४
राजेन्द्र गणेश वडा सचिव ९८४१२७९०६६
Undefined
Population: 
Total 4926 Male 2450 Female 2472 Others 4
Ward Contact Number: 
01668054
Weight: 
6