| प्रशासन तथा जनशक्ति विकास महाशाखा |
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति तथा मापदण्ड तयार गर्ने।
- जनशक्ति व्यवस्थापन तथा क्षमता विकास गर्ने।
- सूचना तथा सञ्चार प्रविधिको प्रयोग तथा नियमन गर्ने।
- नगर सभा तथा कार्यपालिकाको बैठक व्यवस्थापन गर्ने।
- वार्षिक खरिद योजना तयार गर्ने।
- नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन गर्ने।
- कर्मचारी कार्यसम्पादन मूल्यांकन तथा अभिलेख राख्ने।
- नगरको सम्पत्ति अभिलेख अद्यावधिक गर्ने।
|
| सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखा |
- इन्टरनेट तथा सूचना प्रणाली व्यवस्थापन गर्ने।
- तथ्यांक संकलन तथा अभिलेखीकरण गर्ने।
- वेबसाइट तथा इमेल प्रणाली सञ्चालन गर्ने।
- नगर समाचार तथा बुलेटिन प्रकाशन गर्ने।
- आईटी उपकरणहरूको मर्मत तथा व्यवस्थापन गर्ने।
|
| योजना शाखा |
- विकास योजनाको सम्झौता तथा सहजीकरण गर्ने।
- उपभोक्ता समितिका लागि तालिम सञ्चालन गर्ने।
- संघीय तथा प्रादेशिक योजनामा समन्वय गर्ने।
- योजना फरफारक तथा कार्यक्रम हस्तान्तरण गर्ने।
- सम्पन्न योजनाहरूको अभिलेख राख्ने।
- विकास योजना तथा गुरुयोजना तर्जुमा गर्ने।
- योजनाको अनुगमन तथा मूल्यांकन गर्ने।
|
| आर्थिक प्रशासन शाखा |
- नगर कार्यपालिकाको प्रशासनिक कार्य सञ्चालन गर्ने।
- नगर सभा तथा कार्यपालिकाको निर्णय अभिलेखीकरण गर्ने।
- कर्मचारी व्यवस्थापन तथा कार्यसम्पादन अभिलेख राख्ने।
- दैनिक हाजिरी तथा विद्युतीय हाजिरी व्यवस्थापन गर्ने।
- सम्पत्ति विवरण तथा दर्ता चलानी व्यवस्थापन गर्ने।
- कार्यालय सुरक्षा तथा प्रशासनिक नियन्त्रण गर्ने।
|
| भौतिक पूर्वाधार विकास शाखा |
- नगर क्षेत्रको नियमित निरीक्षण तथा अनुगमन गर्ने।
- अवैध निर्माण तथा सार्वजनिक अतिक्रमण नियन्त्रण गर्ने।
- सार्वजनिक स्थलको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- व्यवसाय दर्ता तथा सञ्चालनको अनुगमन गर्ने।
- सार्वजनिक सम्पत्तिको सुरक्षा तथा रेखदेख गर्ने।
- सामाजिक सचेतना तथा बजार अनुगमन गर्ने।
- छाडा चौपाया तथा वेवारिसे जनावर व्यवस्थापन गर्ने।
|
| राजश्व व्यवस्थापन शाखा |
- घर बहाल कर तथा सम्पत्ति कर संकलन गर्ने।
- राजश्व अभिलेख तथा डिजिटल कर प्रणाली व्यवस्थापन गर्ने।
- करदाताको विवरण अद्यावधिक गर्ने।
- आन्तरिक आय वृद्धि योजना तयार गर्ने।
- राजश्व विश्लेषण प्रतिवेदन तयार गर्ने।
|
| सामाजिक विकास शाखा |
- शिक्षा, स्वास्थ्य तथा महिला विकास कार्यक्रम सञ्चालन गर्ने।
- बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
- युवा तथा खेलकुद विकास कार्यक्रम सञ्चालन गर्ने।
- सामाजिक सुरक्षा कार्यक्रम व्यवस्थापन गर्ने।
- समुदायसँग समन्वय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
|
| विपद् व्यवस्थापन शाखा |
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्ने।
- बाढी, पहिरो तथा आगलागी व्यवस्थापन गर्ने।
- उद्धार तथा राहत वितरणमा समन्वय गर्ने।
- जोखिम क्षेत्रको अभिलेख राख्ने।
- आपतकालीन सूचना प्रणाली सञ्चालन गर्ने।
|
| वातावरण तथा सरसफाई शाखा |
- फोहोरमैला व्यवस्थापन तथा सरसफाई कार्यक्रम सञ्चालन गर्ने।
- हरियाली तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन गर्ने।
- प्रदूषण नियन्त्रण सम्बन्धी कार्य गर्ने।
- सार्वजनिक स्थलको सरसफाई अनुगमन गर्ने।
- वातावरणीय प्रभाव मूल्यांकनमा सहजीकरण गर्ने।
|
| कानून तथा न्याय शाखा |
- नगरपालिकाका ऐन तथा कार्यविधि मस्यौदा तयार गर्ने।
- न्यायिक समितिलाई कानूनी सहयोग प्रदान गर्ने।
- उजुरी तथा विवाद व्यवस्थापन गर्ने।
- कानूनी अभिलेख राख्ने।
- निर्णय कार्यान्वयनमा सहयोग गर्ने।
|
| अनुगमन तथा मूल्यांकन शाखा |
- नगरका योजना तथा कार्यक्रमहरूको अनुगमन गर्ने।
- कार्यसम्पादन मूल्यांकन प्रतिवेदन तयार गर्ने।
- विकास आयोजनाको प्रगति समीक्षा गर्ने।
- गुणस्तर नियन्त्रण तथा प्रभाव मूल्यांकन गर्ने।
- सुधारका लागि सुझाव प्रतिवेदन तयार गर्ने।
|
| खरिद तथा सम्झौता व्यवस्थापन शाखा |
- ई-टेंडर तथा खरिद प्रक्रिया सञ्चालन गर्ने।
- ठेक्का सम्झौता तथा अभिलेख व्यवस्थापन गर्ने।
- निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग समन्वय गर्ने।
- खरिद योजना तथा लागत अनुमान व्यवस्थापन गर्ने।
- सम्झौता कार्यान्वयन तथा प्रगति अनुगमन गर्ने।
|