FAQs Complain Problems

समाचार

Photo Gallery

आज  मिति २०७५/०८/२८ गते थाइ सरकारकाे सहयाेग, International Organization of Migration (IOM) काे सहकार्यमा महामहीम थाई राजदुत : Hon. Mr.Bhakavat Tanskul, IOM Chief Of Mission: Mr. Paul Norton र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख श्री साेम प्रसाद मिश्र ज्यू बाट नगरपालिकामा आगामी २ वर्षका लागी: जनताबाट जनताका लागि सहयोग पुर्नलाभ र पुर्ननिर्माणद्धारा उत्थानशिल समुदाय निर्माण परियोजना (P2P) Project शुभारम्भ तथा बहुउदेशिय भवन शिलन्यास कार्यक्रम सम्पन्न भयो।

, , ,

अाज मिति २०७५/०७/२८ गते  UNDP काे प्राविधिक सहयाेगमा चाँगुनारायण नगरपालिकाले नगर प्रमुख श्री साेम प्रसाद मिश्र ज्यूकाे  अध्यक्षतामा सम्पूर्ण जनप्रतिनिधी ,विभिन्न शाखा प्रमुख एव विपद व्यवस्थापन समितिकाे उपस्थितिमा एकीकृत नगर याेजना तर्जुमामा पुर्नलाभ पुर्ननिर्माण विपद जाेखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन बारे अभिमुखिकरण कार्यक्रम सम्मपन्न  गरेकाे छ ।

, , , , , , , ,

अाज  मिति २०७५ ०५ १९ गते अन्तराष्टिय साक्षरता दिवस तथा ३९ अाै राष्टिय शिक्षा दिवसकाे उपलक्ष्यमा चाँगुनारायण नगरपालिकाकाे अायाेजनामा नगरस्तरीय हाजिर जवाफ प्रतियाेगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । गत भाद्र ८ गतेबाट शुरुवात भएकाे प्रतियाेगितामा चाँगुनारायण नगरपालिका ३ स्थित फुलब्राइट ईग्लिस स्कूल प्रथम भएकाे छ । सम्पन्न कार्यक्रममा नगर प्रमुख ज्यूबाट विजयी स्कूललाई  प्रश‌सा पत्र एव  सिल वितरण भएकाे  थियाे ।

, , , , , , , , , ,

चाँगुनारायण नगरपालिका नगरस्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिकाे अायाेजनामा भक्तपुर क्षेत्र न‌ २ का माननीय प्रतिनिधि सभा सा‍सद श्नी महेश बस्नेत ज्यूकाे प्रमुख अातिथ्यमा नगरस्तरीय पूर्ण सरसफाइ रणनितिक याेजना सार्वजानिकीरण कार्यक्रम सम्मपन्न भएकाे छ । नगरस्तरीय पूर्ण सफार्इ याेजना सार्वजानिक गर्ने चाँगुनारायण नगरपालिका सम्मवत पहिलाे नगरपालिका हुन सक्छ । यसलार्इ पूर्णरुपमा सफल बनाउनु हुन सम्पूर्ण नगरवासीमा सहयाेगकाे लागि अनुराेध छ । याेजनाकाे भरपुर कार्यानव्यन गरी चाँगुनारायण नगरपालिकालार्इ नेपालकै पहिलाे पूर्णरुपमा सरसफार्इ युक्त स्वच्छ नगरपालिका बनाउनु हुनेछ भन्ने विश्ववास व्यक्त गर्दछाै ।

, , , , ,

मिती २०७४|११|२७ गते सार्बजनिक गरिएको चाँगुनारायण नगरपालिकाको नगर गान

 

 

 

 

मिति २०७४|११|२७ गते मुख्य मन्त्रि श्री डोरमणि पौडेल ज्युको प्रमुख आथित्यमा सम्पन्न नगरपालिका बार्षिकोत्सवमा सार्बजनिक गरिएको लोगो

आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च  माद्यामिक बिद्यालय चा.न.पा -८ को लागि उपलबध भएको करिब २५०० किताबहरु यसै नगरपालिका को प्रमुख श्री सोम प्रसाद मिश्र ज्युको हातबाट हस्तान्तरण कार्येक्रम सम्पन्न भयो |

, , ,

Pages